• २०८३ बैशाख २७ गते आइतवार

नेकपाको इतिहासमा स्व. मदन भन्डारीलाई सम्झिंदा !

खबर२४ नेपाल पढ्न लाग्ने समय : ८ मिनेट

२००७ सालसम्म राणाहरुको १०४ वर्षको निरंकुश शासन बिरुद्द दलीय मोर्चा गठन हुन नसके पनि १९९४ मा टंकप्रसाद आचार्यले प्रजापरिषद गठन गरे र केही जनचेतना फैलाउने काम भयो । पछि २००२ सालतिर नेपाली रास्टृय कांङ्रेसको स्थापना भयो । सर्वाहारा वर्गको उत्थान कम्युनिस्ट पार्टीद्वारा नै सम्भव हुने सोचकासाथ बि स २००६ सालमा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

राणाशासनको पतनसँगै विभिन्न राजनीतिक दलहरु उमर्न थाले । २००७ सालदेखि २०१७ सालसम्म राजनीतिक अस्थिरताको दशक भनिएता पनि नेपाल कम्युनिस्ट पार्टीले आफ्नो संगठन बिस्तार गर्दै अगाडि बढ्यो । यसैक्रममा २०१० सालमा पार्टीको प्रथम महाधिबेसन भयो । यसमा मनमोहन अधिकारी प्रथम महासचिव भए । २०१४ सालमा दोश्रो महाधिबेसन भयो केशरजङ रायमाझी महासचिव भए । विभिन्न दलहरुबिचको आपसी द्वन्दको फाइदा उठाएर राजा महेन्द्रले एकदलीय पंचायती शासन ब्यबस्था लागू गरे । जसमा कम्युनिष्ट पार्टीका महासचिवकै ठूलो हात थियो । किनकि उनी राजा निकट मानिन्थे र त २०१७ सालमा नै कम्युनिष्ट पार्टी विभाजन भयो । कम्युनिष्ट पार्टीमा एउटा धार केशरजङ रायमाझीको भयो भने अर्को धार पुष्पलालको । यसै अनुरुप २०२४ सालमा पुष्पलालले पार्टीको तेश्रो महाधिबेसन गराए । फेरि २०२५ सालमा तुलसीलाल र पुष्पलालले दुई कित्तामा पार्टीलाई विभाजन गरे ।

नेपालका कम्युनिष्टहरु यिनै दुई धारमा अल्मलिई रहे । किनकि, एउटा धार निरंकुश शासनलाई फाल्नुपर्छ र बिदेशी सहयोगको दुरी टाढा राख्नु हुंदैन भन्ने थियो भने मोहनबिक्रम सिंहको धारणा क्रान्तिकारी थियो जवकि भारतीय बिस्तारवाद उनले देख्नै सक्दैनथे । अहिलेको कम्युनिष्ट पार्टीमा देखिएको जुट र फुटको जड नै झापा बिद्रोहको बटम लाइन हो भन्दा अतियुक्ति नहोला ।

२०२८ सालमा नेपाल कम्युनिस्ट पार्टी भित्र स्पष्टरुपमा दुई कित्ता देखियो । झापा बिद्रोह कमिटी र केन्द्रिय न्युक्लियर्स । तर पुषपलालको पार्टी भने यि दुबैमा थिएन । झापा बिद्रोहको नेतृत्व सिपी मैनालीले गरे जसको उद्देश्य नै पंचायत फाल्नु थियो । त्यस्तै अर्को धारको नेतृत्व मोहनबिक्रमले गरेका थिए जसको उद्देश्य पंचायत नेतृत्वलाई फाल्ने मात्र होइन कि भारतीय बिस्तारवादलाई परास्त गर्दै अगाडि बढ्ने थियो । हो, हामीले बुझ्नुपर्ने कुरा के हो भने यि दुई नेताको धुर्वीकरण करिव ४८ वर्षसम्म कायम रह्यो । र नेपालका कम्युनिष्टहरु यिनै दुई धारमा अल्मलिई रहे । किनकि, एउटा धार निरंकुश शासनलाई फाल्नुपर्छ र बिदेशी सहयोगको दुरी टाढा राख्नु हुंदैन भन्ने थियो भने मोहनबिक्रम सिंहको धारणा क्रान्तिकारी थियो जवकि भारतीय बिस्तारवाद उनले देख्नै सक्दैनथे । अहिलेको कम्युनिष्ट पार्टीमा देखिएको जुट र फुटको जड नै झापा बिद्रोहको बटम लाइन हो भन्दा अतियुक्ति नहोला ।

वि.सं. २०२७–२०२८ सालतिर चरम गरीबी, पञ्चायतको हुकुमी शासन, सामन्तहरुको शोषण, किसान र मजदुरमाथि चरम दमनको अवस्था थियो। त्यही बेला तेह्रथुमबाट भर्खरै झापा झरेका खड्गप्रसाद ओली, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन्द्र राजवंशी, मण्डल सतार, चन्द्रप्रकाश मैनाली, राधाकृष्ण मैनाली, जीवन घिमिरे, झलनाथ खनाल लगायतका नेताहरुको नेतृत्वमा सशस्त्र सङ्घर्ष सुरु भयो। जमिन्दार चन्द्रप्रसाद ढकाल लगायतका केही व्यक्तिलाई किसानमाथि चरम शोषण गरेको अभियोगसहित हत्या गरियो।

त्यसबेला विद्रोह निकै क्रान्तिकारी जोशका साथ अघि बढ्यो। सामन्त, जाली, फटाहाहरुको टाउको गिँड्ने, जमिनको उत्पादन किसानलाई बाँड्ने, उदार सामन्तहरुलाई किसानको पक्षमा उभिन चेतावनी दिनेसम्मका कामहरु त्यस अवधिमा भए। जाली र नक्कली तमसुकहरु जलाइयो। जमिन्दारको जमिन किसानहरुलाई बितरण गर्ने काम भयो। तर, संगठन बलियो थिएन, जनतामा पर्याप्त राजनीतिक जागरण थिएन, पञ्चायती दमन चरम थियो। त्यसकारण विद्रोहले अपेक्षित सफलता भने हासिल गर्न सकेन।

कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण सङ्घर्षको बाटोमा डोर्‍याउँदै समाजवाद हुँदै साम्यवादसम्म पुर्‍याउने मान्यताका साथ अघि सारिएको थियो उनको त्यो जनताको बहुदलीय जनवादको कार्यक्रम ।

२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको निधन भयो । झापा बिद्रोहको निकट रहेका मालेका नेताहरु मदन भन्डारी, बामदेब गौतम आदिले पुष्पलालको निधन अघि नै मुक्ति मोर्चा समुह बनाइसकेका थिए । उता झापा बिद्रोह समुहका केही नेताले आफ्नो पहिचानको लागि अखिल नेपाल कोअर्डिनेसन कमिटी बनाइसकेका थिए । ताकि यि दुई समुह मात्र थिए पार्टी बनिसकेका थिएनन । यिनै दुई समुहले २०३५ साल पौष ११ गते सिपी मैनालीको नेतृत्वमा माले पार्टी गठन गरेका थिए । २०४३ सालमा मनमोहनको पार्टीसंग एकता भै नेपाल कम्युनिस्ट पार्टी मार्क्सबादी बन्यो । यसरी २०४६ सालको जन आन्दोलन अगाडि मनमोहनको मार्क्सवादी र सिपीको मालेलगाएत अन्य साना घटकहरु पनि मिलेर संयुक्त बाममोर्चा बन्यो । जसले नेपाली कांग्रेससँग मिलेर संयुक्त जन आन्दोलनमा सरिक भयो ।

पच्यायत शासन फालेपछि मनमोहनको मार्क्सवादी र सिपीको माले मिलेर नेकपा एमाले पार्टी बन्यो । मदन भन्डारी महासचिव भए । हो, हामीले स्व. मदन भन्डारीलाई यसर्थले पनि बिर्सनु हुदैन कि, उनैको पहलमा उक्त पार्टीले बहुदलीय प्रतिष्प्रधामा बिस्वास गर्ने र जनताको बहुदलीय जनवादको गन्तब्य तय गर्दै समाजवादमा जाने नीति बनायो र त नेपालका कम्युनिष्टहरु चाहे ती क्रान्तिकारी धारका हुन या प्रजातान्त्रिक, सवै समुहले बहुदलीय प्रतिस्प्रधामा विश्वास गर्न राजी भए । जननेता मदन भण्डारीको जन्म पूर्वी पहाडको ताप्लेजुङमा पिता देवप्रसाद भण्डारीका माइलो छोरोका रूपमा शिक्षित परिवारमा २७ जुन, १९५२ मा भएको हो। भण्डारी ताप्लेजुङमा सामान्य पढाई सकेपछि आचार्यसम्म र एमए गर्न बनारस विश्वविद्यालय पुगे। भण्डारीले २ वटा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका थिए।

पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अनेमसं को कार्यक्रममा जांदै गर्दा दासढुङामा आजैका दिन २०५० साल जेष्ट ३ गते कम्युनिष्ट आन्दोलनमा शान्तिपूर्ण धाराका एक चिन्तक मदन भण्डारी र अर्का हस्ती जीवराज आश्रितको दुर्घटनामा परी दुखद निधन भयो। यद्यपि, उहाँहरुको अवसान आकस्मिक दुर्घटना हो वा षड्यन्त्रपूर्ण हत्या ? यो विषय भने आजसम्म बहसमै छ ।

मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार थिए। उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनमा निकै ठूलो अर्थ राख्दछ । जसले गर्दा नेपालका अन्य राजनीतिक पार्टीहरु पनि ओझेलमा परे । मूख्यतः कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण सङ्घर्षको बाटोमा डोर्‍याउँदै समाजवाद हुँदै साम्यवादसम्म पुर्‍याउने मान्यताका साथ अघि सारिएको थियो उनको त्यो जनताको बहुदलीय जनवादको कार्यक्रम ।

राणाहरुको हुकुमी अवशेष बाकि नै थियो एकातिर भने अर्कोतिर राजतन्त्रात्मक ब्यबस्था । प्राय: नेताहरु जेल जीवन बिताइरहेका थिए । सामन्तवाद विरोधी आन्दोलनका अगुवा र कम्युनिष्ट आन्दोलनका एक प्रसिद्ध नेता कमरेड मदन भण्डारीले अघि सारेको विचारले तात्कालीन नेकपा (एमाले) मा वैचारिक मार्गदर्शनको काम गर्‍यो । पार्टी भित्र नयाँ जनवादको बहस चलिरहेका बेला भण्डारीले वैधानिक सङ्घर्ष र राजनीतिक प्रतिस्पर्धामा जोड दिए। नेकपा (एमाले) को २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनले मदन भण्डारीको प्रस्तावलाई जनताको बहुदलीय जनवादका रुपमा अनुमोदन गर्‍यो र हालसम्म उनैको बिचारलाई नेपालका कम्युनिष्टहरुले अनुसरण गर्दै आइरहेका छन ।

बनारसको विद्यार्थी जीवन कालमा नेपालका पूराना नेता र विशेषगरी भारतका समाजवादी नेता, कम्युनिस्ट नेताहरु ज्योति बासु, तत्कालीन भाकपाका नेता हरिकिंशु सुरजीत र नेपाली नेताहरु कमरेड पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मोहनविक्रम सिंह, नर बहादुर कर्माचार्यका साथै काङ्रेस नेता बीपी कोइराला अनि बामपन्थी नेत्री साहना प्रधानसँगको सम्पर्कले भण्डारीलाई नेपालमा आमूल परिवर्तनको यात्रामा लाग्न अभिप्रेरित गर्‍यो। त्यसै कारण भण्डारी राजनीतिक आन्दोलनमा होमिए र अन्ततः पञ्चायतविरोधी सङ्घर्षका लागि भूमिगत पनि भए ।

पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अनेमसं को कार्यक्रममा जांदै गर्दा दासढुङामा आजैका दिन २०५० साल जेष्ट ३ गते कम्युनिष्ट आन्दोलनमा शान्तिपूर्ण धाराका एक चिन्तक मदन भण्डारी र अर्का हस्ती जीवराज आश्रितको दुर्घटनामा परी दुखद निधन भयो। यद्यपि, उहाँहरुको अवसान आकस्मिक दुर्घटना हो वा षड्यन्त्रपूर्ण हत्या ? यो विषय भने आजसम्म बहसमै छ ।

त्यही बेला भूमिगत अवस्थामै मदन भण्डारी र विद्यादेवी पाण्डेबीच जनवादी विवाह सम्पन्न भएको थियो । पार्टी काममा सहयोग पुग्ने देखेर तात्कालीन माले नेताहरुले भण्डारी र पाण्डेबीच जनवादी विवाह गरिदिएका थिए । उनकी धर्मपत्नी विद्यादेवी भण्डारी अहिले दोश्रो कार्यकालका रुपमा नेपालको राष्ट्रपतिमा निर्वाचित भएकी छिन्।

आज पनि हामीले स्व. मदन भन्डारीद्वारा नेपालको कम्युनिष्ट आन्दोलमा पुर्याइएको योगदानलाई बिर्सन सक्दैनौं । भण्डारी नक्सलवादी आन्दोलन, तत्कालीन झापा सशस्त्र विद्रोह हुँदै कमरेड पुष्पलालले खोलेको विद्यार्थी मोर्चाको केन्द्रीय समिति सदस्यसमेत भए । १९७२ अर्थात् २०२८ सालमा बानारस विश्वविद्यालयमा पढ्न जाँदाको समयमा नै उनी वामपन्थी राजनीतितर्फ आकर्षित भएका थिए। उनी पढाइमा अत्यन्त तेजिला थिए। भण्डारी पार्टीभित्र बौद्धिक कर्मका साथै संगठनमा पनि उत्तिकै रुचि राख्दथे । त्यसैले उनको सांगठनिक कलाको अनुसरण गर्नुपर्ने आजको आवश्यकता पनि हो कम्युनिष्ट पार्टीको लागि । राजनीतिमा नयाँवादका प्रणेता मात्र नभएर उनी साहित्यतर्फ पनि विशेष रूचि राख्दथे भन्ने कुरा उनका दर्जनौं जनवादी गीत, भूमिगत समयमा उनले दर्शन, राजनीति र समसामयिक विषयमा प्रशस्तै बौद्धिक लेखहरु लेखेका उदाहरणले पनि प्रष्ट पार्दछ ।

भण्डारी आफ्नो सिद्धान्तमा दृढ रहन्थे। उनले पार्टी र देशको स्वार्थ नै सबैभन्दा माथि राखेर हेर्ने गर्दथे। राजालाई श्रीपेच फुकालेर राजनीतिक प्रतिस्पर्धामा आउन गरेको आब्हानले लोकतान्त्रिक शक्तिहरुबीच पनि भण्डारी लोकप्रिय हुँदै गए। उनी सामान्य जीवनशैली रुचाउँथे । स्व. भन्डारीबाट अहिलेका कम्युनिष्ट नेताहरुले सिक्नुपर्ने पाठ के हो भने पार्टीको शक्तिशाली महासचिव भएको अवधिमा पनि उनी डेरामै बस्थे । तर धन आर्जन गर्ने लोभ र लालचमा उनी कहिलै फंसेनन ।

मदन भण्डारी विभिन्न ध्रुवमा रहेका कम्युनिष्टहरुको एकता जरुरी ठान्दथे। नेकपाका अध्यक्ष प्रचण्डकै शब्दमा तात्कालीन एमाले र नेकपा (एकता–केन्द्र) बीच पार्टी एकताका विषयमा छलफल गर्ने मिति निर्धारण गरिएको थियो। तर, तोकिएको मितिपूर्व नै भण्डारीको निधन भयो। मूख्यतः उनले अघि सारेको बहुदलीय प्रतिस्पर्धा र शान्तिपूर्ण सङ्घर्षका आधारमा समाजवादमा जाने प्रस्ताव नेपाली कम्युनिष्ट आन्दोलनमा बहसको विषय बनिरह्यो।

अन्त्यमा, मदन भण्डारी एक सुप्रसिद्ध सिद्धान्तकार, बहुदलीय जनवादका प्रणेता, राजनीतिज्ञ, सुप्रसिद्द लेखक र कुशल संगठक पनि हुन्। नेपालको कम्युनिष्ट आन्दोलनको शान्तिपूर्ण यात्रामा भण्डारीको निकै ठूलो योगदान रहेको छ। उनले कम्युनिष्ट आन्दोलन निष्ठाको आन्दोलन पनि हो भन्ने तथ्य व्यवहारद्वारा प्रमाणित गरेका छन्। भण्डारीको अवसान भएपनि आजको दिन सम्झिदै र भविष्यमासमेत उनको प्रेरणाले कम्युनिष्ट पार्टीलाई अझ मलजल गर्नुपर्ने आवश्यकता औंल्याएको छ र नेपालका कम्युनिष्टहरु फुटेर होइन जुटेर जानुपर्छ भन्ने कुराको सन्देश पनि उहाँको स्मरणले गराएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस