• २०८३ बैशाख २७ गते आइतवार

ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको सहज जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २७, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा जेरेमी डोकु, इर्लिंग हालाण्ड र ओमार मार्मोउशले एक एक गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर सिटीको ३५ खेलमा ७४ अंक भएको छ र शिर्ष स्थानमा रहेको आर्सनल भन्दा २ अंकले पछाडी रहेको छ ।

त्यस्तै ब्रेन्टफोर्डको ३६ खेलमा ५१ अंक भएको छ र हाल आठौँ स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस