बैशाख ८, काठमाडौँ। सर्वोच्च अदालतका दुई न्यायाधीश डा. कुमार चुडाल र नहकुल सुवेदीले पद तथा गोपनियताको सपथ लिएका छन् ।आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज।ब।रा।ले नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार डा। चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेकी थिइन् ।