वैशाख ३१, काठमाडौँ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदमबारे छलफल गरेका छन् ।
वैकल्पिक सरकार गठनको प्रयास असफल भएपछि तीन दलका नेताहरु एकठाउँमा बसेका थिए । बैठकमा नेताहरुले जसपालाई एकतावद्ध बनाउन नसकेको र एमालेको माधव नेपाल समूहका नेताहरुले सहयोग नगरेको गुनासो गरेका छन् ।
अब प्रधानमन्त्रीले विश्वासको मत लिएर सरकार चलाउँछन् कि मध्यावधि चुनावतिर लैजान्छन् भन्ने पनि छलफल भएको थियो । ‘राजनीति कुन कोर्षमा जान्छ भन्ने पनि छलफल भयो,’ बैठकमा सहभागी एक नेताका अनुसार, ‘प्रधानमन्त्री ओलीको चाहना मध्यावधि भएकाले जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई तटस्थ नै राखेर मुलुकलाई मध्यावधितिर लैजान सक्छन् ।