• २०८३ बैशाख १० गते बिहिवार

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ५, काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दैछ । सोमबार बिहान ११ बजे ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् ।

बैठकको सुरुमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक,सरकारको एक वर्ष र पार्टीको सचिवालय र पोलिटब्युरो बैठकका निर्णयका सन्दर्भमा मन्तव्य राख्नुहुनेछ । यसैगरी महासचिवले साङ्गठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधान छलफलमा प्रवेश गर्ने छ । प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसुची रहेको छ ।

सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन् । बैठक आज र भोलीमा सक्ने भनिए पनि सबै सबै केन्द्रीय सदस्यहरूले धारणा राख्ने समय लिएमा पर्सिसम्म लम्बिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस