• २०८३ असार १७ गते बुधवार

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, काठमाडौं । प्रधानमन्त्री निबास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी बसिरहेको छ । विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन कसरत गरिरहेको र एमालेमा खनाल नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने भनिरहेका बेला ओलीले स्थायी कमिटी बैठक बोलाउनु भएको हो ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाउनु भएको हो । बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठक अहिले जारी छ।

Sharing

प्रतिक्रिया दिनुहोस