बैशाख २८, नयाँदिल्ली । भारतमा तीन लाख २९ हजार ९४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो दुई दिनमा कोरोनाका नयाँ सङ्क्रमित थपिने संख्यामा कमी आएको छ । गत् चौबीस घण्टामा १८ लाख ५० हजार ११० जनाको परीक्षण गरिएको थियो ।
भारतीय समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस घण्टामा ती हजार ८७६ सङ्क्रमितले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म दुई लाख ४९ हजार ९९२ जनाको मृत्यु भएको छ । सोही अबधिमा तीन लाख ५६ हजार ८२ जना सङ्क्रमित निको भएका छन् । भारतमा हालसम्म दुई करोड २९ लाख ९२ हजार ५१७ जना सङ्क्रमित भएका छन् । एक करोड ९० लाख २७ हजार ३०४ कोरोनामुक्त भएका छन् । हाल ३७ लाख १५ हजार २२१ जना अझै सङ्क्रमित छन् ।
भारतको औषधी विज्ञान अनुसन्धान परिषद्का अनुसार हालसम्म ३० करोड ५६ लाख १८७ जनाको परीक्षण भएको छ । महाराष्ट्रमा अझै पाँच लाख ७१ ह्जार २६ जना सङ्क्रमित छन् । हालसम्म १७ करोड २७ लाख १० हजार ६६ जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् ।