• २०८३ असोज २६ गते सोमवार

गजल !”खेलौना त सदै गरिबको जिन्दगानी भयो”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

खेलौना त सदै गरिबको जिन्दगानी भयो,
लेखेर नसकिने त्यो मार्मिक कहानी भयो।

सपना थिए आँखाभरीका बग्यो आँशुमा,
केही मनको आगोमा जलेर खरानी भयो।

लेखी राख्नु त पर्दैन जिवनका घटनालाई,
अब ता मन र मष्तिकमै त्यो जुबानी भयो।

अरबको खाडिमा कोई भारतकै लडाईमा,
यो देशका युवाको सदै खेरा जवानी भयो।

गौरवछ त्यो देशमा जन्मे जो गुलामि भैन,
दुःखी छुँ बलिका बोका छानि छानि भयो।

लाग्छ गलति गरेकै हुँन पूर्वज हरुले केही,
लाहुरे बनेर बिदेश मा जानु नादानी भयो।

Sharing

प्रतिक्रिया दिनुहोस