• २०८३ बैशाख २१ गते सोमवार

चितवनमा छ कोरोना सङ्क्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २७, चितवन । चितवनका दुई अस्पतालमा आइतबार राती मात्र छ सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत पाँच जनाको र भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुई चितवनका र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर महानगरपालिका–३ सहिदचोकका ८३ वर्षीया वृद्धा, पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ का ३९ वर्षीय पुरुष, नवलपरासीको कावासोती नगरपालिका–५ का ६१ वर्षीय पुरुष, कपिलवस्तुको तौलिहवा नगरपालिका–१ बस्ने ६० वर्षिय पुरुष, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष र रुपन्देहीकै देवदह नगरपालिका–९ का ४१ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

मृत्यु भएका सबै निमोनियाको समस्या आई अस्पताल भर्ना भएक थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस