• २०८३ बैशाख २७ गते आइतवार

अप्ठ्यारोमा प्रधानमन्त्री ओली

पत्रपत्रिका पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूस“ग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको मत लिनका लागि दौडधुप गरिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले राजनीतिक दलहरूसँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत जुटाउने निर्णय गरेको हो । परराष्ट्र मन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संसद्मा आगामी २७ वैशाखमा विश्वासको मत लिदैछन् । नेकपा ९माओवादी केन्द्र०को समर्थनमा बनेको ओली सरकारले माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन् । स्थायी समिति बैठकले विश्वासको मतका लागि दलहरूसँगको छलफल अझै संघन रूपमा अघि बढाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।

त्यसैगरी आगामी ६ जेठमा हुने (बाग्मती प्रदेशतर्फको) राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउनेगरी छलफल अघि बढाउने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिएका छन् । ‘६ जेठमा हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने एकजना राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउनेगरी, एमालेको जीत सुनिश्चित हुनेगरी छलफल गर्ने निर्णय भएको छ,’ ज्ञवालीले भने, ‘उम्मेदवारको हकमा हामी छिट्टै निर्णय गर्छौं ।

विश्वासको मत प्राप्त गर्नेगरी विभिन्न पक्षसंग छलफल चलिरहेको छ । त्यसलाई अझै सघन ढंगले अघि बढाउने र त्यसलाई निरन्तरता दिने पनि कुरा भएको छ ।’ यही विषयलाई लिएर प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधबार भेटेका थिए । एमाले नेतासहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत नदिने जवाफ दिइसकेका छन् ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी ९जसपा० नेतासमेत भेट्ने कार्यक्रम छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कांग्रेस, माओवादी र जसपाको सहयोगमा राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटालाई उम्मेदवार बनाएपछि ओली समूह तनावमा रहेको छ । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई उम्मेदवार बनाउने निश्चित गरेको ओली समूहले ‘अहिले कसलाई उम्मेदवार बनाउने ? भन्नेबारे कुनै निर्णय गर्न सकेको छैन । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस