• २०८३ जेष्ठ २६ गते मङ्गलवार

कृष्णनगर प्रहरीले ३७ किलो चरेससहित दुईजना महिला पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असाेज ८, कपिलवस्तु । प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषध कारोवारमा संलग्न रहेकी दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ आज २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका वडा नं २ स्तिथ शान्ति पुनर्स्थापना गृहको चेक पोस्ट अगाडी लागू औषध ( चरेस बरामद गरेको छ।

नेपालबाट भारत तर्फ जादै गर्दा मकवानपुर मनहरी गाउँपालिका वडा नं ९ बस्ने वर्ष ४० कि शान्ति तामाडर जिल्ला दाङ त्रि.न .न पा ७ घर भइ हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ बानियाभर बस्ने वर्ष ३५ की बस्ती घर्तिलाई चेक जांच गर्दा ३७ किलो लागू औषध ( चरेस ) बरामद गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले पत्रकार सम्मेलन गरि जानकारी दिनु भएको छ ।

लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाइने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस