• २०८३ बैशाख २८ गते सोमवार

काङ्ग्रेसले ओलीलाई विश्वासको मत नदिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने थप स्पष्ट पारेको छ । आज बुधबार देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएर आफूसँग सहकार्य गर्न आग्रह गरेका थिए ।

तर, देउवाले पार्टीले समेत निर्णय गरिसकेको अवस्थामा अब विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन् । आफ्नो पार्टी प्रमुख प्रतिपक्षी दल भएकाले विश्वासको मत दिन नसक्ने पनि देउवाले स्पष्ट पारेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेल देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

कांग्रेसको तर्फबाट सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा। शशांक कोइराला, पुर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए । राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरूले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस