बैशाख २७, मुगु । हिमाली जिल्ला मुगुमा आफ्नै गाडीमा च्यापिएर सह चालकको मृत्यु भएको छ । नाग्म – गमगडी सडक खण्ड अन्तर्गत पर्ने छायानाथ रारा नगरपालिका ८ सल्लेरीबाट २४ जना यात्रु बोकि जुम्लातर्फ जाने क्रममा जुम्लाको पातारासि गाउँपालिका वडा नं ३ बर्ष २९ का राजेन्द्र खड्का बस मुनि च्यापिएर मृत्यु भएको हो ।

जुम्ला जिल्ला पातारासी गाउपालिका ७ पटमारा बस्ने बर्ष ४३ का शक्ति सिंह थापाले चलाएको क.प्र.०२ –००१ ख ०९८६ नं मिनि बस रोकि रहेको अवस्थामा साइड दिने क्रममा उक्त बसको चालकले थाहा नपाई गाडी ब्याक गर्ने क्रममा सहचालक लाई अगाडिको चक्काले च्यापिन गई घाईते भएका थिए । तत्काल उपचारको लागी २ बजे जिल्ला अस्पताल ठिनी पु¥याउदा जिल्ला अस्पताल मुगुका डा.निर्मल नगरकोटीले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक रविराज थपलियाले बताए ।
उनका अनुसार चालक र गाडी जिल्ला प्रहरी कार्यालय मुगुको नियन्त्रणमा रहेको बताए । उक्त मृत शब अस्पतालको शव गृहमा राखिएको र पोष्टमार्टम भई सकेपछि आफन्त लाई बुझाइने उनको भनाई छ ।