• २०८३ बैशाख २७ गते आइतवार

गायिका बिमला परियार को ‘फाटेको मन’ चाँडै सार्वजनिक हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २७, काठमाडौं ।चर्चित गायिका बिमला परियारको नयाँ गीत ‘फाटेको मन’ चाँडै सार्वजनिक हुने भएको छ । उक्त म्युजिक भिडियो उनले आफ्नै युट्युब च्यानल बिमला परियार मार्फत सार्वजनिक गर्न लागेकी हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय परियार एक अब्बल गायिकाको रूपमा परिचित छिन् । उनले सेन्टिमेन्टल, लोक आधुनिक तथा आधुनिक शैलीका धेरै गीतहरूमा आफ्नो सशक्त गायकी प्रस्तुत गरिसकेकी छन् ।

उनको स्वरमा राष्ट्रिय गीत, भजन, प्रेमका गीत तथा विभिन्न जनचेतनामूलक गीतहरू समेत सार्वजनिक भइसकेका छन् । विविध विधामा निरन्तर योगदान दिँदै आएकी परियारको नयाँ प्रस्तुति ‘फाटेको मन’ प्रति दर्शक तथा स्रोतामाझ उत्साह देखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस