बैशाख २१, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि पार्टीले समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको बताए । माओवादीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।