• २०८३ बैशाख ६ गते आइतवार

ट्वान्टी–२० शृङ्खला : पहिलो खेलमा आज नेपाल र नामिबियाबिच

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग नेपालले टी–२० शृङ्खला खेल्ने भएको छ । यी तीन राष्ट्रबिचको टी–२० शृङ्खला आजदेखि सुरु भएको छ ।

आज नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ११ः३० बजे सुरु हुनेछ । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेल्न लागिएको क्यानले जनाएको छ ।

नेपाली टिम
रोहित पौडेलको (कप्तानी), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाष बोहरा

Sharing

प्रतिक्रिया दिनुहोस