• २०८३ जेष्ठ ६ गते बुधवार

तारकेश्वर नगरपालिकाले नगरबासीका लागि २ ओटा एम्वुलेन्स सेवा निःशुल्क

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २०, काठमाडौं । तारकेश्वर नगरपालिकाले दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै नगरपालिकामा भएको दुई एम्वुलेन्सलाई पुनः सञ्चालनमा ल्याएको छ । नगर प्रमुख रामेश्वर बोहोराद्वारा निकालिएको विज्ञप्तिअनुसार एउटा एम्वुलेन्स कोरोनाका बिरामीहरुलाई र अर्को एम्वुलेन्स अन्य प्रकारका बिरामीहरुका लागि बोक्न प्रयोग गरिनेछ ।

नगरबासीलाई कुनैपनि समस्या भएमा २४ सै घण्टा नगर स्वास्स्था शाखाका कर्मचारी कल्याण लामिछानेको सम्पर्क नम्वर ९८४१६७७६५८ मा सम्पर्क गरेर कोभिडका बिरामी अस्पताल जान सक्नेछन । यस्तै अन्य बिरामीहरुका लागि पनि निःशुल्क एम्वुलेन्स सेवा लिनका लागि कल्याण लामिछानेलाई २४ सै घण्टा सम्पर्क गर्न सकिनेछ ।

त्यस्तै नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र साङलालाई ५० बेडको अक्सीजन थेरापीसहितको आइसोलेसन तयार गरिरहेको जनाएको छ ।

विज्ञप्ती   

Sharing

प्रतिक्रिया दिनुहोस