• २०८३ साउन ३० गते शनिवार

भरुवा बन्दुकसहित ओखलढुंगाबाट एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ गोगुनडाँडाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।  प्रहरीका अनुसार मोलुङ गाउँपालिका–५ गोगुनडाँडा बस्ने अन्दाजी ३३ वर्षीय मोहन तामाङको घरमा भरुवा बन्दुक रहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो।

प्रहरी टोलीले तामाङको घरबाट भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग हुने बारुद र छर्रा बरामद गरेको छ। उनलाई बरामद सामग्रीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस