बैशाख १७,एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ । एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले भने, ‘सच्याई यही हो ।
महामारीमा कोरोनाविरुद्धको खोप सबैको पहुँचमा पुर्याउने सबैभन्दा ठूलो चुनौति छ । किनभने यो राजनीतिक, आर्थिक र सामाजिक स्थिरताको कडी हो ।