• २०८३ बैशाख २८ गते सोमवार

कमल थापाकी छोरी प्रतिष्ठाले राप्रपा त्यागिन्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् ।गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।

राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा बताएकी छिन् ।

राप्रपा महाधिशेनमा राजेन्द्र लिङदेनसँग पराजीत भएपछि कमल थापाले पार्टी परित्याग गरेका थिए । उनी हाल राप्रपा नेपालकाे अध्यक्ष छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस