• २०८३ मङ्सिर १३ गते शनिवार

कपिलवस्तुमा छतबाट खसेर एक बालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, कपिलवस्तु । कपिलवस्तुमा छतबाट खसेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटा सहजटोलका १८ महिने बालक अभिषेक विकको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।

आइतबार बिहान ६ बजेतिर घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस