पौष ६, काठमाडौं। बागबजारको काठमाडौँ मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार बाथरुममा १८ वर्षीय शुशील शहनी मृत अवस्थामा भेटिएपछि अनुसन्धान भइरहेको छ ।

मृतकको परिवारलाई काठमाडौँ बोलाइएको छ । परिवारले जाहेरी दिएपछि पोष्टमार्टमका लागि शव पठाइने छ । शहनी धेरै बेरसम्म ननिस्किएपछि ढोका फुटाएर हेर्दा उनी मृत भेटिएको भनिएको छ । उनी कक्षा ११ मा अध्ययरत थिए ।