• २०८३ बैशाख १८ गते शुक्रवार

दाङमा अस्पतालको बेड अभाव, कोरोना सङ्क्रमितलाई भुईँमै राखेर उपचार गरिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १०, दाङ । दाङमा कोरोनाका बिरामीहरुलाई उपचार गर्न अस्पतालमा बेड नभएपछि अस्पतालको भुईँमै राखेर उपचार गर्न थालिएको छ । कोरोनाका बिरामीलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमता भन्दा बढी बिरामी भएपछि बेड अभाव हुँदा भुईँमै राखेर उपचार भइरहेको हो ।

कोरोनाको पहिलो लहरमा एक सय बेडमा सञ्चालन भएको कोरोना विशेष अस्पताल बेलझुण्डी अहिले भने २५ बेडमा मात्रै सीमित छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरिएको प्रदेशस्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा बेड अभाव भए पनि उपचारको अर्को व्यवस्था भने हुन सकेको छैन ।

कोरोना सङ्क्रमण बढेसँगै दाङका अस्पतालमा बिरामीको चाप बढेको छ । दाङमा अस्पताल अभाव भएपछि कोरोना सङ्क्रमितको उपचार गर्न बुटवल र बाँकेसम्म लैजाने गरिएको छ । अहिलेसम्म दाङमा ५७ जना कोरोना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस