• २०८३ बैशाख १६ गते बुधवार

सर्वोच्चमा न्यायाधीशद्वारा ईजलास बहिस्कार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले ईजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीशले तोकेको पेशी बहिष्कार गर्दैै न्यायाधीशहरु ईजलास नगएका हुन् ।

दसैं, तिहारसहितका विदामा समेत नरोकिने बन्दी प्रत्यक्षीकरणको सुनुवाई आज प्रभावित भएको छ । ईजलास नगएर न्यायाधीशहरु बैठक बसेका थिए ।प्रधानन्यायाधीशलाई भेट्ने निर्णय गरेका छन् । आज बसेको १३ जना न्यायाधीशहरुको संयुक्त बैठकले भोलि विहान ११ः३० मा प्रधानन्यायाधीशलाई भेट्ने निर्णय गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस