• २०८३ बैशाख १९ गते शनिवार

कोरोना सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १०, चितवन । कोरोना भाइरस कोभिड–१९ का कारण एक महिलाको मृत्यु भएको छ । निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया एक महिलाको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।

अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस