• २०८३ मङ्सिर ८ गते सोमवार

कटुवा पेस्तोल सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ८, सिरहा।  सखुवानानकारकट्टी गाउँपालिका-३ परियारपुर बस्ने ५५ वर्षीय बालेश्वर यादबलाई १ थान कटुवा पेस्तोल र सोको १ राउण्ड गोली सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

बालेश्वरको घरमा हातहतियार राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशवारी र ईलाका प्रहरी कार्यालय लहानबाट खटीएको प्रहरीले उनको घरमा तलासी लिँदा झोलामा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस