• २०८३ असार ७ गते आइतवार

दुर्घटनामा घाइते महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १५,  दमक। गुडिरहेको मोटरसाइकलबाट खसेर घाइते भएकी झापा गौरीगन्ज गाउँपालिका ५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारका क्रममा मृत्यु भएको छ ।

मोरङको रतुवामाई नगरपालिका ५, लारिकट्टाको भित्री सडक खण्डमा बिहीबार ३७प २२३२ नम्बरको मोटरसाइकलमा सवार ताजपुरिया अचानक खसेकी थिइन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगन्जले जनाएको छ ।

प्रहरीले दुर्घटनामा ती महिला सवार मोटरसाइकल र चालक मोरङ रतुवामाई ५ का २४ वर्षीय धर्मानन्द ताजपुरियालाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस