• २०८३ बैशाख २५ गते शुक्रवार

करणी गरेको अभियोगमा एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २, काठमाडौँ। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका-६ फस्कुस्थित टहरामा वीर बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस