• २०८३ जेष्ठ २ गते शनिवार

भेरी अस्पतालको कोभिड वार्ड भरियो, अब नयाँ भर्ना बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १, बाँकें । भेरी अस्पताल नेपालगञ्जको कोभिड वार्ड कोरोना संक्रमितहरुले भरिएको छ । अस्पतालले थप कोरोना संक्रमणका बिरामीहरुलाई भर्ना गर्न नसक्ने जनाएपछि अवस्था जटिल बनेको हो ।

भेरी अस्पतालले १४२ बेडको कोभिड वार्ड बनाएको भएपनि जनशक्ति अभावका कारण ७२ बेडमात्रै सञ्चालनमा छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापाका अनुसार कोरोनाका बिरामी भर्ना गर्न अब बेड छैन । उपचारका लागि भर्ना भएका कोरोनाका सबै बिरामीलाई अक्सिजन दिइएको छ । २४ जना आईसीयूमा भर्ना भएका छन् । उनीहरुको अवस्था समेत गम्भीर रहेको छ । पछिल्लो समय उपचारका लागि भर्ना भएका कोरोना संक्रमितहरुलाई होम आइलोसनमा राख्न नमिल्ने भएकाले बेड भरिएको अस्पताल प्रमुख डा. थापाले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस