• २०८३ बैशाख ५ गते शनिवार

इजरायलको हवाई हमलामा गाजामा चार पत्रकारको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, काठमाडौं । इजरायलको हवाई हमलामा परी गाजामा कार्यरत कतारी मिडिया अल जजिराका चार पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा अनस अल सरिफ, उनका तीन सहकर्मीहरू मोहम्मद कुरिकेह, इब्राहिम जाहर र मोहम्मद नौफल छन् । यस्तै उनका एक जना सहयोगी पनि मारिएका छन् ।
अनस अल सरिफ गाजामा इजरायली हमला र मानवीय संकटबारे अल जजिराका लागि लगातार रिपोर्टिङ गरिरहेका पत्रकार हुन् । अल सरिफको एक्स अकाउन्टमा पाँच लाखभन्दा बढी फलोअर्स छन् । त्यसमा उनले मृत्यु अघि केही मिनेटअघि गाजा सिटीमा दुई घण्टाभन्दा बढी समयदेखि भीषण बमबारी भइरहेको भनेर पोस्ट गरेका थिए ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार २८ वर्षीय अल सरिफ र उनका साथीहरू आइतबार पूर्वी गजाको साइफा अस्पताल नजिकै टेन्टमा बसिरहेका बेला हवाई हमलामा मारिएका हुन् । आक्रमणमा अन्य थप दुई जनाको पनि मृत्यु भएको रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार, इजरायली सेनाले पनि हवाई आक्रमण अल सरिफ मारिएको पुष्टि गरेको छ । इजरायली सेनाले अल सरिफ हमासको नेता रहेको दाबी गरेको छ ।

उनी इजरायली नागरिक र सैनिकमाथि रकेट आक्रमण गराउने जिम्मेवार रहेको हमासको सेल प्रमुख रहेको भनेर आइडिएफले आरोप लगाएको छ । यसबारे गजामाबाट गोप्य सूचना र कागजातसमेत फेला पारेको दाबी उनीहरूले गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस