• २०८३ जेष्ठ १० गते आइतवार

सरकारले जनतामा आशा जगाउने कामहरु गरेको छ: प्रधानमन्त्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतामा आशा जगाउने कामहरु गरेको बताउनु भएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भन्दै जनतालाई निराश बनाउने प्रयासहरु भए पनि सरकार त्यसबाट किञ्चित् विचलित नभएको बताउनु भएको हो ।

सम्बोधनमा प्रम ओलीले सरकारका उपलब्धीहरु का बारे बताउनु भयो । उहाँले सभागृह धेरै बनाएको बताउदैं लुम्बनीमा ५ हजार क्षमताको र गोदावरीमा ३ हजार क्षमताको सभाहल निर्माण गरेको खबताउदैं संसद भवन निर्माण प्रक्रिया पनि अगाडि बढाएको बताउनु भयो । उहाँले दिनमा साढे पाँच किलोमिटर बाटो बनाएको दाबी गर्दै एक दिनमा कम्तिमा १२ वटा दरले आवासहरू पनि निर्माण गरेका बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस