• २०८३ जेष्ठ ७ गते बिहिवार

भारतमा २४ घण्टामा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १, भारत। भारतमा पछिल्लो २४ घण्टामा पहिलो पटक १ लाख ८५ हजार १०४ नयाँ संक्रमित भेटिए । यसका साथै, यो अवधिमा ८२,२३१ जना निको भए भने १०२६ को मृत्यु भएको छ ।

यसअघि ११ अप्रिलमा सर्वाधिक १.६९ लाख नयाँ बिरामी भेटिएका थिए । १२ अप्रिलमा पनि पोजेटिभ बिरामीको आँकडा १।६० लाख पार भएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेशमा मुख्यमन्त्री कार्यालयका थुप्रै अधिकारी र कर्मचारी कोरोना पोजेटिभ भेटिएका छन् । त्यसपछि मुख्यमन्त्री योगी आदित्यनाथले आफूलाई आइसोलेट गरेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशव्यापी खोप उत्सवको तेस्रो दिन मंगलबार करिब ४० लाख मानिसहरुलाई भ्याक्सिनको डोज दिइयो । यसरी हालसम्म कूल ११.४३ करोडभन्दा बढीलाई भ्याक्सिन दिइसकिएको छ । यसअघि सोमबार ३७ लाख ६३ हजार ८५८ मानिसहरुलाई खोप दिइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस