• २०८३ बैशाख २१ गते सोमवार

भारतको महाराष्ट्रमा दुई साता लकडाउन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ३१, एजेन्सी । कोरोना भाइरसको संक्रमण फैलने क्रम तीव्र भएपछि भारतको महाराष्ट्र राज्यमा दुई साताका लागि लकडाउनको घोषणा गरिएको छ ।मुख्यमन्त्री उद्धव ठाकरेले मंगलबार भिडियो सम्बोधन गर्दै बुधबार साँझ ८ बजेदेखि १५ दिनका लागि राज्यभर कडा लकडाउन लागू गरिएको जनाएका हुन् ।

मुख्यमन्त्री ठाकरेले आइतबार राज्यको कोरोना भाइरस कार्यदलसँग बैठक गरेका थिए । त्यसक्रममा महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले तत्कालका लागि राज्यमा कम्तीमा २ देखि ३ साता लामो लकडाउन आवश्यक भएको बताएका थिए ।

भारतीय राज्यमध्ये महाराष्ट्रमा सबैभन्दा बढी ५ लाख ९३ हजार ४२ जना सक्रिय संक्रमित छन् । भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो एक दिनमा महराष्ट्रमा ६३ हजारभन्दा बढी संक्रमित थपिएका हुन् । राज्यमा हालम्म ५८ हजार २ सयभन्दा बढीले भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस