• २०८३ बैशाख १८ गते शुक्रवार

गोरखामा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३१, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका-९ नाम्जुङमा आज ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए ।

घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग१त ४५८२ नंको ट्याक्टरले छेलाङे चोक नजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठक्कर दिँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए । घटनास्थल विद्यालयबाट करिब १०० मिटरको दूरीमा रहेको उहाँको भनाइ छ ।

घटनाको जानकारी पाएलगत्तै बङ्कोट प्रहरी चौकीबाट गएको प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस