भदौ ३० वीरगञ्ज । प्रहरीले मदिरासहित दुई जना भारतीय नागरिकलाई बाराबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला पंचायत मझरिया बस्ने ३५ वर्षीय तेजनरायण यादव र २५ वर्षीय विजय कुमार यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले नेपालबाट राजश्व छलि १ सय २० बोतल कस्तुरी मदिरा साइकलमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।भदौ २९ गते मंगलबार राति सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बाराको बिश्रामपुर-१ कल्याणपुरबाट नियन्त्रणमा लिएको थियो ।बारा प्रहरीले उनीहरुलाई आवश्यक कारवाहीको लागि मदिरासहित वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।