• २०८३ बैशाख ११ गते शुक्रवार

अमेरिकामा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३१, एजेन्सी। अमेरिकामा प्रहरीको गोली लागेर एक अश्वेत नागरिकको मृत्यु भएको छ । ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गर्ने क्रममा प्रहरीको गोली लागेर मिनसोटाको ब्रुकलिनमा २० वर्षका डन्टे राइटको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रहरीले गल्तीवश गोली चलेको जनाएको छ । तर घटनापछि प्रदर्शन र लुटपाटका घटना भइरहेका छन् । तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । राष्ट्रपति जो बाइडनले गोली प्रहार हुनु दुःखद् भएको तर प्रदर्शन र लुटपाटको औचित्य नरहेको बताउनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस