चैत २९, काठमाडौँ । थप ३ सय ३ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८० हजार २८ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २९ सय ६१ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १ सय ४१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७४ हजार २७ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार ४० जना पुगेको छ ।