• २०८३ बैशाख ११ गते शुक्रवार

घोडाघोडीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २०, कैलाली । कैलालीको घोडाघोडीमा ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । जिल्लाको घोडाघोडी नगरपालीका १ घोडाघोडी मन्दिर नजिकै से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुखडका सुरेश लामिछानेको मृत्यु घोडाघोडी अस्पतालले जनाएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी सुखडले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस