• २०८३ बैशाख ४ गते शुक्रवार

अवैध लागूऔषध गाँजा सहित एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

  चैत २८, उदयपुर। चौदण्डिगढी नगरपालिका-९ अजगढाबाट करिब १ केजी ९ सय १५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही- बस्ने ५५ वर्षीय तिलक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस