जेठ २२, रामेछाप । राष्ट्रिय युवा संघ नेपाल रामेछाप जिल्ला कमिटीले कोरोना कहर चलिरहेको बेला जिल्लाभर रहेका स्वास्थ केन्द्रहरूमा स्वास्थ सामाग्री सहित खाद्यान्न हस्तान्तरण गर्ने अभियानलाई निरन्तरता दिदै आएको छ।
स्वास्थ सामाग्री र खाद्यान्न सहित जिल्लाभर सामाग्री हस्तान्तरण गर्ने क्रममा युवा संघले हिजो लिखु तामाकोसी गापा -६ मा रहेको प्राथमिक स्वास्थ केन्द्र खिम्तीमा बिरामीलाई हर्लिक्स, गेडागुडी, ग्लुकोज र फलफूल सहित स्वास्थ सामाग्री डाक्टर सुजन कडरियालाइ हस्तान्तरण गरेको युवा संघ केन्द्रिय कमिटी सदस्य मोहन कडरियाले बताएका छ्न।
कोरोना कहर नियन्त्रणमा नभएसम्म युवा संघ रामेछाप जिल्ला कमिटीले सहयोग कार्य जारी राखिने केन्द्रिय सदस्य कडरियाले बताएका छ्न ।युवा संघले कार्यक्रम सुरु गरेपछि 6वटा स्थानीय निकायमा खाद्यान्न सहित स्वास्थ सामाग्री हस्तान्तरण गरिसकेको छ। केही दिनमा बाकी गाउपालिकामा समेत बितरण गरिने युवा संघ रामेछापले बताएको छ।