• २०८३ बैशाख ४ गते शुक्रवार

अवैध लागूऔषधसहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १६, मकवानपुर । भिमफेदी गाउँपालिका-२ भैसेस्थित सडकबाट करिब ३४ केजी अवैध लागूऔषध गाँजा सहित पर्सा बिन्दवासिनी गाउँपालिका-३ बस्ने २९ वर्षीय रबिन्द्र उपाध्यायलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ना।१ ज ४७३३ नम्बरको गाडीलाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी गाडीका चालक उपाध्यायलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस