• २०८३ बैशाख ११ गते शुक्रवार

सरकारी कागजात कीर्त गरेको आरोपमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

चैत २६, वाग्मती । सरकारी कागजात कीर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–५ मा रहेको नौ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो । सरकारी कागजात कीर्ते गरिएको मुद्दापश्चात प्रहरीले खोजीका क्रममा पौडेललाई बुधबार पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका पौडेललाई जिल्ला अदालत मकवानपुरमा कागजातसहित अनुसन्धानका लागि पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस