• २०८३ बैशाख ८ गते मङ्गलवार

माग पुरा हुने भएपछि ल्याण्डफिल्ड साइटको अवरोध हट्यो (सहमतीपत्र सहित)

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २०, काठमाडौँ । काठमाडौँ महानगरपालिका र ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच भएको सहमति भएको छ । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन सहमती पछि आजैबाट अवरोध खुला गर्ने निर्णय गरेको छ ।

फोहोर विसर्जनमा अवरोध भएपछि आज काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यसहितको छलफलमा उनीहरुका सकारात्मक माग पूरा गर्ने प्रतिवद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खोल्न उनीहरु सहमत भएका हुन । प्रभावित क्षेत्रका ५१ जना शिक्षकको अस्थायी दरबन्दीका लागि काठमाडौँ महानगरपालिकाले तत्कालका लागि खर्च व्यहोर्ने, जग्गा अधिग्रहणका सन्दर्भमा विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउने लगायतका सहमतिपछि फोहोर विसर्जनको अवरोध हटेको हो ।

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा तीन–तीन करोड व्यवस्था गर्ने, धुनीबेंसी नगरपालिकालाई एम्बुलेन्स खरिद गरिदिने लगायतका विषयमा भएको सहमति भएको छ ।

May be an image of 1 person

No photo description available.

Sharing

प्रतिक्रिया दिनुहोस