• २०८३ जेष्ठ ६ गते बुधवार

आफ्नै छोरी बलात्कार आरोपमा सेनाका पूर्वजम्दार पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, मोरङ । नेपाली सेनाका एक जना पूर्वजम्दार आफ्नै छोरी बलात्कार गरेको आरोपमा मोरङको बेलबारीबाट पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बालिका छोरी बलात्कार गरेको आरोपमा बेलबारी–११ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने पुरुष नेपाली सेनाका पूर्वजम्दार रहेको खुलेको जानकारी प्रहरीले दिएको छ । उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । ‘आफ्नै १४ वर्षीया बालिका छोरीमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी परेकोले पक्राउ गरेर हिरासतमा लिँदै घटनाका बारेमा थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । २०७७ साल माघ २० गते राति आफ्नै घरमा धाकधम्की दिँदै डर देखाएर छोरीलाई बलात्कार गरेको आरोप पूर्वजम्दारमाथि लगाइएको छ ।

उनका अनुसार पीडितको स्वास्थ्य परीक्षण लगायतका प्रक्रिया पनि अघि बढाइसकिएको छ । आरोपीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस