• २०८३ मङ्सिर २ गते मङ्गलवार

‘हटस्पट’हरुमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९,काठमाडौँ। कोभिड–१९ पहिचानका लागि ‘हटस्पट’हरुमा एन्टिजेन परीक्षण बढाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई अनुरोध गरेको छ ।

बाहिरी जिल्लाबाट आउने–जाने नाका र धेरै मानिसको जमघट हुने स्थानहरुमा एन्टिजेन विधिबाट मास परीक्षण गर्न महाशाखाले अनुरोध गरेको हो । “काठमाडौं उपत्यकालगायत सहरमा सपिङ सेन्टर, बसपार्क, स्कुललगायत हटस्पटहरु पहिचान गरी परीक्षण गर्न सबै जिल्लाहरुमा अनुरोध गरेका छौँ,” महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलले भने ।

थोरै समयमा धेरैको परीक्षण गरी छिटो नतिजा निकाल्नका लागि यसअघि पनि सरकारले एन्टिजेन विधि अपनाएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस