चैत १३, मुम्बई । छिमेकी राष्ट्र भारतको मुम्बईको भांडुपस्थित एक कोभिड–१९ अस्पतालमा आगलागी हुँदा १० को मृत्यु भएको छ । भारतमा तीब्र रुपमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परिरहेको समयमा शुक्रबार मुम्बईको भांडुपस्थित एक कोभिड–१९ अस्पतालमा आगलागी हुँदा १० को मृत्यु भएको हो ।

आजै दिउँसो त्यहाँका मुख्यमन्त्री उद्धव ठाकरेले घटनास्थल पुगेर घटनामा संलग्न दोषीहरुविरुद्ध शख्त एक्शन लिन निर्देशन दिएका छन् । उक्त अस्पतालको बारेमा गरिएको विभिन्न प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री ठाकरेले भनेका छन्, ‘यो कोरोना महामारीको समयमा तयार गरिएको थियो । यस अस्पतालले जुन–जुन अनुमति पाएको थियो, त्यो ३१ मार्चमा सकिदै थियो । तर, त्यस अगाडि नै यो भयानक दुर्घटना भयो ।
त्यस्तै, मुख्यमन्त्री ठाकरेका अनुसार अन्य ठाउँबाट नै आगो सल्किएर आस्पतालमा फैलिएकाले भयानक आगलागी भएको हो । एक जानकारका अनुसार सुरुमा माँलमा आगालागी भएको थियो । सोही आगो फैलिएर अस्पतालमा आगालागी भएको हो । मुख्यमन्त्री ठाकरेले मृतकको परिवारलाई पाँच-पाँच लाख आर्थिक सहयोग गर्ने घोषणा पनि गरेका छन् । उनका अनुसार उक्त आगलागीबाट ज्यान गुमाएकाहरु भेन्टिलेटरमा उपचाररत थिए ।