• २०८३ बैशाख २५ गते शुक्रवार

एस्टन भिल्ला र एससी फ्रेइबर्ग युरोपा लिगको फाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २५, काठमाडौं ।  प्रिमियर लिग क्लब एस्टन भिल्ला र जर्मनी क्लब एससी फ्रेइबर्ग यस सिजनको युरोपा लिगको फाइनल खेल्ने भएका छन् । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा एस्टन भिल्लाले नोट्टीङघम फोरेस्टलाई ४-० ले पराजित गरेपछि समग्रमा ४-१ को नतिजासहित प्रतियोगिताको फाइनलमा पुगेको हो ।

यसअघि पहिलो लिगमा नोट्टीङघम फोरेस्टले एस्टन भिल्लालाई १-० ले पराजित गरेको थियो ।  त्यस्तै एससी फ्रेइबर्गले पोर्चुगलको क्लब ब्रागालाई दोस्रो लिगमा ३-१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४-३ को नतिजा सहित फाइनलमा पुगेको हो । यस अघि पहिलो लिगमा ब्रागाले फ्रेइबर्गलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

अब युरोपा लिगको फाइनल खेल मे २० मा टर्कीको इस्तानबुलस्थित बेसिकटास स्टेडियममा हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस