चैत ११, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरुको आत्मनिर्णयको अधिकार धरापमा रहेको बताउनुभएको छ । नेपालीहरुको अधिकार खोस्ने प्रयास भइरहेको बताउदै जनताको अधिकारमाथि हस्तक्षेप गर्ने काम भइरहेको बताउनुभएको हो ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले देशमा आएका परिवर्तनका विभिन्न समयमा समेत नेपालीहरुको अधिकार स्थापित गरिएको भएपनि अहिले खोस्न खोजिएको आरोप लगाउनुभयो । नेपालीहरु कसैको दबाव वा हस्तक्षेपमा होइन, आफ्नो निर्णय आफैंले गर्न सक्छन् भन्ने स्थापित गरिएको थियो, उहाँले भन्नुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, एमाले र माओवादी केन्द्रबीचको एकतापछि पार्टीको अर्को अध्यक्ष बनाइएको अध्यक्षलाई दलालका रुपमा मोहोरा बनाउन सफल भए । त्यही कारण प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने कदम चालेको भएपनि जनता जागरुक भएको र सर्वोच्च अदालतलले त्यसलाई खारेज गरेर संसद पुनर्स्थापनाको पक्षमा फैसला भयो।
तर सर्वोच्चले पुस ५ मा गरेको फैसलाको मर्मसँग बाझिने गरी २३ फागुनमा अर्को फैसला आएको भन्दै उहाँले भन्नुभयो, ‘खतरा अझै टरेको छैन, नेपालीहरुको अत्मनिर्णयको अधिकार धरापमा छ ।