• २०८३ असार १२ गते शुक्रवार

सांसद विशंखे चाल्नाखेल स्वास्थ्य चौकीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२, काठमाडौं । प्रतिनिधी सभाको सांसद तथा नेपाल कम्युनिष्ट पाटी (नेकपा) केन्द्रिय सदस्य अन्जना विशंखेले आज दक्षिणकाली नगरपालिका १ चाल्नाखेलमा रहेको स्वास्थ्य चौकीमा आउनुभएको स्वास्थ्यकर्मीलाई स्वागत तथा स्वास्थ्य चौकीको अनुगमन गर्नुभएको छ ।

दक्षिणकाली नगरपालिका वडा नं. १ स्थित चाल्नाखेल स्वास्थ्य चौकीमा आउनु भएको स्वास्थ्यकर्मी डा सरिता विश्वकर्मालाई सांसद विशंखेले स्वागत गर्नु भएको हो । सांसद विशंखेको प्रमुख अतिथ्यतामा वडा अध्यक्ष जय थापा मगर, जन प्रतिनिधिहरु, स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारीहरु, स्वास्थ्य चौकी कार्यरत सम्पूर्ण कर्मचारीहरूको उपस्थितिेमा स्वागत गरिएको थियो । उहाँले यसै अवसरमा स्वास्थ्य चौकीको प्रगति विवरण लिनुका साथै यस लकडाउन र कोरोना संक्रमणको समयमा संयमित भएर स्वास्थ्यकर्मीलाई काम गर्ने हौसला पनि प्रदान गर्नु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस