• २०८३ कार्तिक २९ गते शनिवार

छायांकार भट्ट चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा छायांकार वीरेन्द्र भट्ट नियुक्त भएका छन् । डोटी घर भएका भट्ट दशकदेखि प्राविधिकको रुपमा फिल्ममा सक्रिय छन् ।

उनले धून, आरोपसहितका केही फिल्म छायांकन गरेका छन् । उनले दशकदेखि प्राविधिकको रुपमा फिल्म क्षेत्रमा सक्रियता देखाएका छन्। संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई विहीबार नियुक्ती पत्र प्रदान गरे ।

बोर्डमा अझै एक सदस्य पद रिक्त छ र गत महिना फिल्म निर्माता सन्तोष लोहनी नियुक्त भएका थिए। केन्द्रीय चलचित्र जाँच समितिमा पनि दुईजना सदस्यको पद रिक्त रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस